एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै
विदुर खबर
२०७८ कार्तिक २७ गते ८:४८
नुवाकोट । नेकपा (एमाले) ले चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छान्दै छ।
संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।
देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन् ।
भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया