राजनीतिमा दुरदर्शीताको अभाव भएको पुर्व प्रधानमन्त्रि बावुराम भट्टराईको भनाई
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ ।
लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उक्त पुस्तकले जनतालाई स्वतन्त्र बनाउन तथा मुलुकलाई विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । लेखक सुवेदीले विभिन्न समयमा भएका राजनीतिक क्रान्तिबाट प्राप्त भएको संविधानसभाबाट संविधान जारी भएपछि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विपन्न वर्गको सामाजिक सशक्तीकरणमा जोड्न नसकिएको बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया