नेविसङ्घको कार्यकाल तीन महिना थप
विदुर खबर
२०७५ भदौ ३ गते १:२२
काठमाडौँ, नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ ।
नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ ।
विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित हुनुभएका नैनसिंह महर नेतृत्वको कार्यकाल आज सकिएको थियो । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया