लयमा फर्किदै वैदेशिक रोजगार
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/11/foreign_employment.png)
नुवाकोट । विश्वव्यापी रुपमै कोभिड १९ नियन्त्रणउन्मुख भएपछि नेपालको वैदेशिक रोजगारीको क्षेत्र पुनः लयमा फर्किएको छ। खोपको सहज उपलब्धतापछि असोजमा पछिल्लो डेढ वर्ष यताकै धेरै नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन्।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
असोजमा ३९ हजार ६७१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जवकी गत वर्ष असोजमा आठ हजार ९७१ जना नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।
यो वर्ष भदौमा पनि ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष भदौमा भने एक हजार पाँच सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
त्यस्तै यो वर्ष साउनमा पनि २५ हजार ४२८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष साउनमा भने तीन हजार १२५ जना नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।
तीन महिनामा एक लाख बढी नेपाली वैदेशिक रोजगारीमा
पछिल्लो तीन महिनामा नेपालबाट एक लाख एक हजार १३९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जवकी गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।
त्यस्तै असार यता विदेश जाने नेपालीको संख्या हरेक महिना बढिरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ। असारमा २० हजार, साउनमा २५ हजार, भदौमा ३६ हजार र असोजमा करिब ४० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
साउदी अरव, कतार र युएईमा सबैभन्दा धेरै
वैदेशिक रोजगारीमा जाने मध्ये अधिकांस नेपालीको यात्रा भने साउदी अरब, कतार र युएईमा हुने गरेको छ।
असोजमा ४० हजार नेपाली विदेश जाँदा १५ हजार ५२६ जना साउदी अरब गएका छन्। १३ हजार ६०२ जना कतार र सात हजार २२६ जना युएई गएका छन्।
त्यस्तै भदौको तथ्याङ्कमा भने सबैभन्दा धेरै कतारमा १४ हजार ७९२ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका थिए। साउदी अरबमा १३ हजार ५८७ जना र युएईमा चार हजार ६३५ जना वैदेशिक रोजगारीमा गएका थिए।
साउनमा भने कतारमा ११ हजार ७६९ जना, साउदी अरबमा ७ हजार ९७२ जना र युएईमा तीन हजार २० जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्क छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया