नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ पुग्यो
विदुर खबर
२०७८ कार्तिक २१ गते १२:५२
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित कोरोनामुक्त्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घटेर ३८ जनामा झरेको हो ।
जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ३६ जना होम आइसोलेसनमा तथा अस्पतालमा र आइसोलेसन सेन्टरमा समान एक÷एक जना उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा २८ हजार ३ सय ९६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया