जाजरकोटमा ट्र्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १ जना घाइते

विदुर खबर २०७८ कार्तिक १७ गते ९:०१

नुवाकोट । जाजरकोटमा ट्र्याक्टर  दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। 

Advertisement

प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ।  मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए। 

दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए। 

Advertisement

दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ। 

प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिएको छ। 

Advertisement

प्रतिक्रिया