आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विदुर खबर २०७८ कार्तिक १७ गते ८:५७

नुवाकोट । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय  मौसम  प्रणाली सक्रिय छैन। तर, उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ। 

Advertisement

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदुरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य  सतर्कता महाशाखाले आग्रह गरेको छ। 

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम  सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। 

Advertisement

प्रतिक्रिया