नुवाकोटमा अबको निर्वाचनमा कम्युनिष्टको पत्तासाफ गछौ : महत
विदुर खबर
२०७८ कार्तिक १५ गते १७:४०
नुवाकोट । नेपाली कांग्रेसका युवा नेता रमेश महतले अबको चुनावमा नुवाकोटमा कम्युनिष्ट पार्टीको पत्तासाफ हुने बताएका छन् ।
सोमवार नुवाकोटको विदुर ५ मा आयोजित पिपलटारमा सांसद वहादुरसिंह लामाको सचिवालयले आयोजना गरेको चियापान तथा तिहार छठ र नेपाल सम्बतको शुभकामना कार्यक्रममा बोल्दै नेता महतले आगामी निर्वाचनमा नुवाकोटको सबै स्थानमा कांग्रेसको चार तारे झण्डा फहराउने बताए ।
उनले आउँदो निर्वाचन नुवाकोटमा एमालेको पत्ता साफ गर्ने बताएका हुन । युवा नेता महतले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई पत्तासाफ गर्ने सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
“कम्युनिष्टलाई पत्ता साफ गर्नू अहिलेको आवश्यकता हो । अबको निर्वाचनमा कांग्रेसले कम्युनिष्टलाई पत्ता साफ गरिछोड्छ,” उनले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया