सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँट हुने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/11/IPO-nawayug.jpg)
नुवाकोट । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर मंगलबार बाँडफाँट हुने भएको छ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयर २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयर माग भएको छ ।
यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो । कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियाे ।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।
न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार करिब २२ लाख आवेदकले शेयर नपाउने देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया