नेपाल लेबनानसँग पराजित
नुवाकोट । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे ।
खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाए । खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए ।
प्रतियोगितामा नेपाल जितविहीन रह्यो । समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।
यस समूहमा ६ अङ्क जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अङ्क नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीचको खेल आजै हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया