लोकप्रिय उपभोत्ता सहकारीको नवौँ वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
साधारणसभामा संचालन समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे सहकारीका अध्यक्ष केशवबहादुर कुमालले कोरोना महामारीको समयमा सहकारीले लक्ष्य अनुसारको कोरोवार गर्न नसकेको बताए ।

उनले आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले ६ लाख २४ हजार ३ सय ४ रुपैयाँ नाफा कमाउन सफल भएको बताए । यस्तै सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १६ करोड ८० लाख ३५ हजार निक्षेप संकलन गरेर ७ करोड ५८ लाख ४१ हजार एकसय ३० श्रपैयाँ कर्जा लगानी गरेको बताए ।
यस्तै साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रामहरि घिमिरेले आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले २ करोड ४५ लाख ७१ हजार ५ सय रुपैयाँ शेयर पंूजि संकलन गरि ७ करोड ५८ लाख ४१ हजार एकसय ३० रहेको बताए ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक पुरुषोत्तम डोटेलले सहकारीको आर्थिक वर्ष २०७७÷७८ को वासलात र नाफान नोक्सानको हिसावको विवरणबाट उत्त अवधीमा भए गरेका आर्थिक कृयाकलाप पारदर्शी चित्रण गरेको बताए ।
साधारणसभामा बोल्दै नेकपा माओवादी केन्द्र बाग्मति प्रदेश सदस्य पुष्प लामिछानेले जिल्लामा रहेका सबै सहकारीहरुले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले सहकारीहरुले वास्तवकि आफ्नो प्रकृति अनुसार काम गर्न नसकेको भन्द सहकारीले आफ्नो उदेश्य अनुसार काम गर्नुपर्ने उल्लखे गरे ।

नेता लामिछानेले सबै क्षेत्रमा बिचौलिया हावी भएको भन्दै केही व्यक्ति वा समुहले पहुँचको आधारमा अनुदान पाउने गरेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै समाजसेवी लिलानाथ न्यौपानेले सहकारीहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले लोकप्रिय सहकारीले पनि आगामी दिनमा सुपथ मुल्य पसल संचालन गर्नुपर्ने बताए ।
न्यौपानेले पछिल्लो एकवर्षयता सहकारीमा निक्षेप संकलन घट्दै गएकोले निक्षेप बढाउन बचतमा बढी प्राथमिकता दिन्पर्ने उल्लेख गरे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिव्य संघका सदस्य राजकुमार आचार्य, पु्र्व शिक्षक निनावती प्रधान लगायतले सहकारी थोरै लगानीबाट पनि धेरै आम्दानी गर्नसक्नुपर्ने भन्दै आफु बाँचेर सहकारीलाइै बचाउनुपर्ने बताए ।

कार्यक्रममा विदुर खबरका सम्पादक शालिकराम चालिसेलाई कोरोना भाइरसको संक्रमणको वेला पत्रकारीताको माध्यमबाट आम नागरिकहरुलाई सुसुचित गरेको भन्दै सम्मान गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया