नुवाकोटमा जुवाको खालबाट वडाध्यक्ष समातिए

विदुर खबर २०७८ कार्तिक १२ गते ८:०१

नुवाकोट । नुवाकोटमा जुवाको खालबाट वडाध्यक्ष समातिएका छन् ।

Advertisement

पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भैरव अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनलाई विदुर नगरपालिका वडा नम्बर ५ गंगटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक हरिवहादुर वलीले जानकारी दिए ।

Advertisement

उनीसँगै अन्य ८ जना पनि पक्राउ परेका छन् । उनीहरुसँगै ३ लाख ५२ हजार एकसय ६० रुपैयाँ समेत वरामद गरिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारी नेकपा माओवादी केन्दको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

Advertisement

प्रतिक्रिया