राजेन्द्र पाण्डे बने वाग्मती प्रदेशका तेस्रो मुख्यमन्त्री
विदुर खबर
२०७८ कार्तिक ११ गते १९:१९
नुवाकोट । नेकपा एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा पाण्डेसहित ३ जना मन्त्रीले सपथ लिएका हुन्। बुधवार नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया सुरु भएको थियो।
विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले सरकार गठन गरेको हो। जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ।
मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिएका छन्।
मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया