फोनिज महाधिवेशन माघ ७-८ मा हुने

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशन आगामी माघ ७-८ सम्म हुने भएको छ ।

नुवाकोटको ककनीमा बुधबार बसेको संघीय समिति बैठकले महाधिवेशनको कार्यतालिका तय गरेको हो । तर महाधिवेशन हुने स्थान टुंगो लगाउने जिम्मा भने सचिवालयलाई दिएको पत्रकार सन्चु ब्लोनले जानकारी दिइन् ।
पुस २४ गते प्रदेश अधिवेशन, मंसिर २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय पनि भएको पत्रकार ब्लोनले जनाइन् । उनका अनुसार मंसिर १५ गतेसम्म सदस्यता वितरण तथा नवीकरण गरिसक्ने निर्णय गरिएको छ ।
अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको बैठक प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए । बैठकमा देशभरिबाट फोनिज आबद्ध संघीय समिति सदस्यहरु सहभागी थिए ।
महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छवटा प्रवास शाखा तथा जातीय संघ संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने संघिय अध्यक्ष डण्ड गुरुङले बतउ । फोनिजको जापान, मलेशिया, अमेरिका, दक्षिणकोरिया, दुबई र बेलायतमा शाखा विस्तार गरिएको छ ।
फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारु पत्रकार सङ्गठन आबद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ । नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखालाई सर्कुलरका रूपमा पठाइने फोनिज संघीय समितिका संगठन सचिव मिलन लिम्बूले जानकारी दिए ।

बैठकले देशको समसामयिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया