नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७१ पुग्यो
विदुर खबर
२०७८ कार्तिक ८ गते १४:४२
नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोनामुक्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७१ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको एन्टीजेन परिक्षण गर्दा सबै नेगेटिभ भेटिएको छ । जिल्लामा हालसम्म ८ हजार २ सय ७९ जना कोरोना संक्रमित रहेका छन् ।
यस्र्तै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ हजार एकसय ५८ पुगेको छ । नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म २८ हजार २ सय ४ जनाको पिसिआर परिक्षण गरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया