पत्रकार महासंघ वागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलन सौराहामा

विदुर खबर २०७८ कार्तिक ७ गते १३:४०

मकवानपुर । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको प्रथम प्रादेशिक सम्मेलन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ प्रादेशिक संरचनामा गएपछि पहिलो पटक हुनलागेको सम्मेलनमा पत्रकारिता क्षेत्रको समग्रविकास, पत्रकारहरुको पेशागत हकहित तथा सांगठनिक सृदृढिकरणका सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिईने बताईएको छ ।


यहि कात्तिक १३ र १४ गते सौराहासहित स्थित होटल सेभेन स्टारमा हुने दुई दिने सम्मेलनमा प्रदेश समितिको ३ बर्षे कार्ययोजनासहित सदस्यता शुद्धिकरण र पत्रकारिता क्षेत्र सम्बन्धी विभिन्न प्रस्तावहरु माथि बृहत् छलफल पश्चात सौराहा घोषणपत्र जारी गरिने नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले जानकारी दिएका छन् ।

Advertisement


सम्मेलनमा वागमती प्रदेश अन्र्तगत उपत्यका बाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित वागमती प्रदेश समितिका पदाधिकारी एवंम् सदस्यहरुको सहभागिता रहने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।

सम्मेलन नेपाल पत्रकार महासंघ चितवन शाखाको आतिथ्यतामा हुन लागेको र त्यसका लागि आवश्यक सबै तयारी पुरा भईसकेको समेत प्रदेश समितिले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया