वर्षाले नुवाकोट र रसुवामा पनि धानबालीमा क्षति
नुवाकोट । नुवाकोट र रसुवामा भित्र्याउने बेला भएको ६ हजार रोपनीमा लगाइएको धानबालीमा क्षति पुर्याइएको छ ।
असोज ३१ देखि ३ गतेसम्म परेको भारी वर्षाले दुवै जिल्लामा लगाइएको धानबाली क्षति पुर्याएको हो ।
नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको छ । उनका अनुसार काटेर निहिन राखिएका धानबाली बढी क्षति पुगेको हो ।
दुप्चेश्वर गाउँपालिका ३ रावतबेंसीकी लिला केसीले धानको ठाडो बालाभन्दा र काटेको धान वर्षाले खेतका आलीमा उम्रिएको बताइन् । यतिबेला काटिएका धान २/३ दिन घाममा सुकाएर झाँट्ने गरिन्छ ।
वर्षाले धान खेतमै उम्रिएपछि अब चामल किनेर खानुपर्ने बाध्यता बढेको किसानहरु बताउँछन् । ‘भित्र्याउन ठीक्क पारेको धान उम्रियो,’ बेलकोटगढी नगरपालिका ९ नलगाउँका किसानले भने,‘चामल किनेर खानुपर्ने दिन आयो ।’
कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी क्षति विदुर र बेलकोटगढी नगरपालिकामा १/१ हजार रोपनीमा क्षति पुगेको छ भने सबैभन्दा कम म्यागङ गाउँपालिकामा ९० रोपनी क्षेत्रफलमा धानबाली क्षति पुगेको छ ।
कृषि ज्ञान केन्द्रले नुवाकोट र रसुवा दुवै जिल्लालाई हेर्ने गर्छ । रसुवाको तल्लोभेग उत्तरगया र नौकुण्ड गाउँपालिकामा वर्षातले धानबाली क्षति पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवाका प्रमुख केशव खनालले ठाडोभन्दा काटेर झाँट्न राखिएका धानबाली बढी क्षति भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया