धादिङमा २०० मेगावाटका ९ आयोजना निर्माणका विभिन्न चरणमा
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/ankhu-khola-1.jpg)
नुवाकोट । धादिङ जिल्लामा करिब २ सय मेगावाटका ९ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
निजी जलविद्युत प्रवर्द्धकले पहिचान गरी अघि बढाएका यी आयोजना निर्माणाधीन, निर्माणमा जाने तयारीमा र अध्ययनरत छन् । विद्युत विकास विभागका अनुसार जिल्लामा १३८ मेगावाटका ५ आयोजनाले निर्माण अनुमति लिई आयोजना अघि बढाएका छन् । बाँकी ६४ मेगावाटको ४ आयोजनाको अध्ययन भइरहेको छ ।
उत्पादन अनुमति पाउनेमा ४२.९ मेगावाटको आँखु खोला, २५.४ मेगावाटको सुपर आँखु, ३८ मेगावाटको माथिल्लो आँखु, २५ मेगावाटको इलेप तातोपानी र ७ मेगावाटको मेनचेत खोला रहेका छन् । यस्तै, अध्ययन अनुमति पाउनेमा २० मेगावाटको आँखु खोला–२, २६ मेगावाटको तातोपानी खोला, १३.८६ मेगावाटको भाबील–१ र ४.५ मेगावाटको गसाली खोला रहेका छन् ।
४२.९ मेगावाटको आँखु खोला आखु हाइड्रो पावर प्रालिले पहिचान गरी अघि बढाएको छ । यो आयोजनाको अध्ययन पूरा गरी २०७३ माघ २७ गते कम्पनीले उत्पादन अुनमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । यो आयोजना जिल्लाको दार्खा, गुम्दी र झरलाङमा अघि बढाइएको छ ।
यही खोलामा गोरक्ष हाइड्रो पावर प्रालिले २५.४ मेगावाटको सुपर आँखु खोला अघि बढाएको छ । कम्पनीले २०७५ असोज २ गते उत्पादन अनुमति लिई आयोजनाको काम सुरु गरेको छ । यो आयोजना लापा र सिरतुङमा रहने गरी डिजाईन तयार पारिएको छ ।
आयोजनाको अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा गरेर सामान ढुवानी गरेर सिभिल संरचनाको काम सुरु गरिनेछ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/12/trishuli-3-b-hydro.jpg)
यस्तै, ३८ मेगावाटको माथिल्लो आँखु खोला धादिङ आँखु खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको छ । कम्पनीले २०७६ पुस ७ गते उत्पादन अनुमति लिई रुवीभ्याली र खनियाबास गाउँपालिकामा अघि बढाएको छ । आयोजनाको अहिले पहँचमार्ग बनाउने र रुख कटानको काम भइरहेको छ ।
कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया