छहरे-टोखा सडकका लागि थप १० करोड विनियोजन
नुवाकोट । संघीय सांसद हितबहादुर तामाङको पहलमा छहरे–टोखा सडक स्तरोन्नतिका लागि थप १० करोड रकम विनियोजन भएको छ।
काठमाडौं नुवाकोट जोड़ने छोटो दूरीको यस सडकखण्ड निर्माणका लागि थप १० करोड बजेट विनियोजन भएको श्रोतले जनाएको छ।
यसअघि सांसद तामाङ, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ,माओवादी केन्द्र नुवाकोटका इन्चार्ज बिमला सुवेदी लगायतको टोलीले ओली सरकारको बजेट संशोधनमा टोखा-छहरेलाई थप स्तरोन्नतिका लागि बजेट माग गरेका थिए।
सांसद तामाङका अनुसार टोखा-छहरेसंगै छहरे गोल्फुभञ्ज्याङ सडकलाई समेत बजेट विनियोजन भएको छ। छहरे-गोल्फभन्ज्याङ सडक स्तरोन्नतिका लागि तीन करोड रकम विनियोजन भएको श्रोतले जनाएको छ । टोखा छहरेको करिब २७ किलोमिटर सडक खण्डमा विभिन्न ठाउँमा स्तरोन्नती भैरहेको छ।
सो सडकको गुर्जे-जगत खण्ड भने ढलान भैसकेको छ । बाकी सडक खण्डमा ड्रेन तथा सडक चौडा बढाउन आवश्यक रकम थपिएसंगै स्थानीय नागरिकले हर्षको महसुस गरेका छन् यद्यपि सडक निर्माण समयमा चनाखोपूर्ण तवरले अनुगमन भने हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया