आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने
विदुर खबर
२०७८ कार्तिक ५ गते ७:३४
नुवाकोट । देशका धेरै ठाउँमा घाम लागेको छ ।
अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति देशभरको माैसम आंशिकदेखि सामान्य बद्ली हुने छ ।
प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो ।
यस्तै, भोलि पनि गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया