आजबाट मौसममा सुधार
नुवाकोट । आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् ।
‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’ पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको उनले बताए । अहिले एक-दुई ठाउँमा सामान्य वर्षा भइरहे पनि त्यो वर्षा स्थानीयस्तरमा मात्रै भएको उनको भनाइ छ । उनले भने, ‘आजबाट मौसममा सुधार आउँछ भनेर बुझ्नुपर्छ ।’
अर्का मौसमविद् समिर श्रेष्ठले आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने बताए । ‘एक-दुई ठाउँमा थोरै पानी पर्ने सम्भावना कायमै रहेकाले पूर्ण सुक्खा भने हुँदैन’ मौसमविद श्रेष्ठले भने, ‘तर अब ठूलो पानी पर्ने सम्भावना भने छैन ।’
नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारत बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा कायमै छ । सोही प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया