नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडे
विदुर खबर
२०७८ कार्तिक ४ गते १२:१५
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २० जनामा झरेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यससँगै जिल्लामा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ८ हजार एकसय ५१ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए । यस्तै जिल्लामा हालसम्म ८ हजार २ सय २८ जना कोरोना संक्रमित भेटिएका छन् ।
जिल्लामा रहेका कुल सक्रिय संक्रमितमध्ये १९ जना होम आइसोलेसनमा र एक जना अस्पतालमा उपचाररत रहेका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५० जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
Advertisement
जिल्लामा हालसम्म २८ हजार एकसय २९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया