टी–ट्वान्टी विश्व कप : श्रीलङ्कासँग आयरल्यान्ड ७० रनले पराजित
नुवाकोट । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ ।
गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।
आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश थिकसानाले ३ विकेट लिए ।
लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । यसअघि हिजो भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया