शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै

विदुर खबर २०७८ कार्तिक २ गते २१:०३

नुवाकोट । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै देखिएको छ। बैंकहरुले सोमबार ब्याजदर बढेको सूचना निकालेपछि शेयर बजार निरन्तर उच्च अंकले घट्न थालेको छ।

Advertisement

मंगलबार नेप्से सूचक ७६.९६ अंकले घटेर २५११.१० विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १३.२३ अंकले घटेको छ।

नेप्से सूचक घट्दा पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा खरिद बिक्री भएको छ।

Advertisement

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। कारोबारमा अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा सबै उपसमूहको सूचक नकारात्मक देखिएको हो। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

मंगलबार कारोबारमा आएका ७ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। यस दिन महुली सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेको छ भने मानुसी लघुवित्तको ४.०१ प्रतिशत, माउन्टेन इनर्जीको ३.५५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २ प्रतिशत र कालिका लघुवित्तको १.७५ प्रतिशतले बढेको छ।

Advertisement

यता नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोपावरको ९.४९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ८.७१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.०२ प्रतिशत र पोखरा फाइनान्स ७.९६ प्रतिशतले घटेको छ।

यस दिन नविल बैंकको सबैभन्दा धेरै ११ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोड ९५ लाख, नेश्नल हाइड्रोको ९ करोड ९५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड १० लाख र एनआइसि एशिया बैंकको ८ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया