नुवाकोटका सरकारी कार्यालय आजदेखि खुले

विदुर खबर २०७८ असोज ३१ गते १०:२५

नुवाकोट । दशैंको विदा सकिएसँगै नुवाकोटको बजार क्षेत्रमामा चहलपहल बढेको छ । दर्शैंको लागि बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन ।

Advertisement

दशैं मनाउन गाउँघर गएकाहरु विस्तारै बजार क्षेत्रमा भत्रिने क्रम जारी छ । नुवाकोटको बट्टार, ढुङ्गे, त्रिशुली, लगायतका स्थानहरुमा दशै मनाएर फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले नुवाकोटको बजार क्षेत्र पुरानै लयमा फर्किन थालेको देखिन्छ ।

नुवाकोटको विभिन्न बजार क्षेत्रहरुमा शनिवारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढेको छ ।

Advertisement

यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ ।

टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

Advertisement

प्रतिक्रिया