बुद्धभुमि हाइड्रोपावरको शुरु कारोबार मुल्य कति होला ?

विदुर खबर २०७८ असोज ३१ गते १०:०६

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्व-साधारणका लागि  निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड  असोज २२ गते शुक्रवार गरेको थियो ।

Advertisement

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

Advertisement

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । सो हाईड्रोपावर कम्पनीको शेयर  बाँडफाँड गर्दा ७ लाख ४४ हजार कित्ताको १०,१० कित्ताले भाग गर्दा  ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर हात पारेका थिए । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ८४.०५ रूपैयाँ देखि अधिकतम २५२.१५ रुपैयाँ सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।

Advertisement

नेप्सेले हरेक कम्पनीको शुरुको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म ओपनिङ रेञ्ज (शुरुवाती मुल्य) तोक्ने गर्दछ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को  प्रतिसेयर नेटवर्थ ८४.०५ रूपैयाँ  रहेको छ ।

सोहि नेटवर्थको आधारमा यस हाइड्रोपावर कम्पनीको मुल्य ३ गुणा सम्म कायम गर्दा २५२.१५ रुपैयाँ हुन् जान्छ ।

प्रतिक्रिया