जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

विदुर खबर २०७८ असोज २४ गते ८:३६

नुवाकोट । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् ।

Advertisement

१४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् ।

दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो । जसमध्ये जुम्लामा शुक्रवार अवेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन ।

Advertisement

अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट हुन् । गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका हुन् ।

जिल्ला अधिवेशन भएको मनाङ, मुस्ताङ, रुकुम पूर्व र कालिकोटमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । अहिलेसम्म प्राप्त १३ जिल्लाको नतिजा हेर्दा १४औं महाधिवेशनमा पौडेल पक्ष कमजोर हुँदै गएको देखिन्छ । अधिल्लो महाधिवेशनमा ७५ जिल्लामध्ये कोइराला र पौडेल पक्षको ४६ जना जिल्ला सभापति थिए भने देउवा निकट जिल्ला सभापति २९ जनामात्र थिए । तथापि १३औं महाधिवेशनमा देउवाले सभापतिमा विजयी प्राप्त गरेका थिए । देश संघीयतामा गएपछि अहिले २ जिल्ला थपिएको छ । यही तरिकाले नेतृत्व आउने हो भने जिल्ला सभापतिमा देउवा पक्षको कम्तीमा ४० जना आउने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

Advertisement

दोलखाको जिल्ला सभापतिमा विजयी पौडेल पक्षका नेता वर्मा लामालाई देउवा पक्षका नेता जिपछिरिङ लामाले महाधिवेशनमा देउवा पक्षमा खुलेर आउने भए मात्र सघाउँछु भनेकाले वर्मा लामा पछि देउवा समूहमै आउने देउवा निकट नेताको भनाइ छ ।

जिल्ला सभापतिहरूको विवरण

क्र.स अधिवेशन सम्पन्न जिल्ला जिल्ला सभापति देउवा पक्ष पौडेल/कोइराला पक्ष अन्य कैफियत
१ ताप्लेजुङ गजेन्द्र तुम्याहाङ
२ संखुवासभा दीपक खड्का , शशांक
३ रामेछाप पूर्णबहादुर तामाङ (कान्छाराम) ,
४ दोलखा वर्मा लामा ,
५ गोरखा नन्दप्रसाद न्यौपाने,  गगन थापा
६ मनाङ शंकर गुरुङ
७ मुस्ताङ रोमी गौचन थकाली
८ रुकुम पूर्व केशरमान रोका
९ कालीकोट अम्बबहादुर शाही
१० हुम्ला मोहनविक्रम सिंह
११ मुगु ऐनबहादुर शाही
१२ जुम्ला निर्वाचन प्रक्रियामा गइनसकेको
१३ बाजुरा रामसिंह रावल
१४ बझाङ खडक बोहोरा

प्रतिक्रिया