नुवाकोटमा आज पनि सार्वजनिक यातायात ठप्प

विदुर खबर २०७८ असोज १९ गते ७:१२
फाईल फोटो ।

नुवाकोट । भाडा वृद्धिको माग गर्दै आएका नुवाकोटका यातायात व्यवसायीहरुले आज दोस्रो दिनपनि यातायात ठप्प पारेका छन् ।

Advertisement

 व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा नबढेको भन्दै हड्ताल गरेका छन् हुन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै लामो दुरीका सवारीसाधानका भाडा बढेपपिन छोटो दुरीका यातायातको भाडा वृद्धि नभएको भन्दै बस व्यवसायीहरु हड्तालमा उत्रिएका हुन ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेकाले विभिन्न रुटमा चल्ने सबै सार्वजिनक यातायातका सवारीसभान ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

लामो समयदेखि भाडा वृद्धि नहुँदा यातायात व्यवसायीहरु मारमा परेको र सरकारले पनि आफुहरुको माग सम्बोधन नगरेकोले हड्तालमा उत्रनु परेको नुवाकोटका यातायात व्यवसायीहरुले बताएका छन् ।

तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ ।

Advertisement

प्रतिक्रिया