मन्त्रि पाण्डेद्धारा गंगटे पार्कको उद्घाटन
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गंगटेमा निर्मित गंगटे पार्कको सोमबार उद्घाटन गरिएको छ ।
पार्कको बाग्मति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि केशव पान्डेले उद्घाटन गरेका हुन् । पार्कको उद्घाटन गर्दै मन्त्रि पान्डेले जिल्लाको पहिचानको रुपमा पार्क स्थापित भएको बताए । उनले पार्कलाइ व्यवस्थित गराएर प्रदेशकै नमुना पार्कको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै भुमि ब्यबस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालिले नगरपालिकाको विकासको लागि सबै एकजुट भएर अघि बढेमा लक्ष्य अनुसार बिकास निर्माणमा सफलता प्राप्त हुने बताए । उनले नगरपालिका जिल्लाको मुटु भएकोले पनि यसलाई नमुना बनाउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विदुरवासीले गर्भ गर्नलायक ठाउको रुपमा गंगटे पार्क स्थापित भएको बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गिता दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकार, वडा नम्ब। ६ का वडाध्यक्ष राजु सडौलाले पार्कले आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धन गर्न महत्वपुर्ण भुमिका खेलेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया