टेलिकमको दशैं अफरः रिचार्ज गर्दा बोनस
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/02/NTC.jpg)
नुवाकोट । नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याकका साथै रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
उक्त अफर दशैंका अवसरमा भोलि (असोज १९ गते) देखि कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ। यसैगरी महत्वपूर्ण पर्वहरु तिहार,न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीले जनाएको छ।
डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।
त्यसैगरी १ दिनका लागि अनलिमिटेड डाटा प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक,४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ।
यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ। २ सयदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।
उल्लेखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।
त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया