नुवाकोटको आशा लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने
विदुर खबर
२०७८ असोज १८ गते १३:४५

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने १.३१ प्रतिशत नगद लाभांश (कर प्रयाेजनार्थ) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।
असोज १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
Advertisement
सम्बन्धित
प्रतिक्रिया