साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली

विदुर खबर २०७८ असोज १७ गते १०:११

नुवाकोट । साहस उर्जाले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ।

Advertisement

बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा आज एक कार्यक्रम मार्फत आइपीओ बाँडफाँड भएको हो।  साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।

कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ।  रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।

Advertisement

कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका छन्।  

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । 

Advertisement

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  

प्रतिक्रिया