नुवाकोटसहित विहानैदेखि देशभर बर्षा
नुवाकोट । मौसम बदली भई विहानैदेखि नुवाकोटसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।
आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
उक्त स्थानहरूका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया