रसुवागढी नाकाबाट एक सय ७० भेडा च्यांग्रा भित्रिए
नुवाकोट । दशैँ नजिकिएसँगै रसुवागढी नाकाबाट एक सय ७० भेडा च्यांग्रा भेडा च्यांग्रा नेपाल भित्रिएका छन् ।
चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्यांग्रा नेपाल भित्रिएका हुन् । बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए । दुई सय भेडा च्यांग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनले बताए ।
विगतका वर्षभन्दा यो वर्ष भेडा च्यांग्राको मूल्य महंगो परेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए । नेपाल भित्रिएको प्रतिभेडा च्यांग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उनले बताए । ‘गतवर्ष भन्दा यो वर्ष महंगो परेको छ, पहिला १२(१३ सय प्रतिकिलो पर्थ्यो भने अहिले १७।१८ सय पर्ने देखिएको छ, उनले भने ।
चीनबाट यो बाहेक अरू भेडा च्यांग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,ु उनले भने, ुमाग गरिएका अन्य सामान त आएको छैन् भने यो ल्याउन पनि धेरै समस्या भयो ।ु तिब्बतबाट प्रत्येक वर्ष भेडा च्यांग्रा आयात हुँदै आएको छ ।
सुरुमा प्रतिभेडा तथा च्यांग्रा सात सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको छ । कोभिड(१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्यांग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए ।
पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमि आएको व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्यांग्रा आयात भएको तथ्यांक छ ।
२०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्यांग्रा आयात हुने गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया