नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये दुबैजना दुप्चेश्व गाउँपालिकाका रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ६२ पुगेको छ । यस्तै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ८ हजार ५३ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६० पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५० जना होम आइसोलेसनमा र १० जना अस्पतालमा उपचाररत रहेका छन् ।
स्वासथ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा झण्डै २८ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया