अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै

नुवाकोट । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ ।
बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् ।
त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल हुनेछ । प्रत्येक समूहले एक टोली नेता छान्ने छन् र छलफलपछि हलमा टोली नेताले छलफलमा उठेका विषय राख्ने छन् । प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढ्नेछ ।
अध्यक्ष पदमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह मुख्य दाबेदार छन् । उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी पनि अध्यक्षका आकांक्षी छन् ।
संगठनमा ३५ वर्ष भन्दा कम उमेरको व्यक्ति अध्यक्ष हुनुपर्ने मत राख्दै आएका अर्का उपाध्यक्ष दिपेश पुनले पनि अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले पार्टीे र संगठनले नेतृत्वको जिम्मा दिए पछि नहट्ने बताए ।
उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा दिपेश ३५ वर्षभन्दा कम उमेरका छन् । गत मंगलबार अध्यक्ष पदका आकांक्षीहरुसँग पार्टी अध्यक्ष प्रचण्डले छलफल गर्दा दीपेश भने सहभागी थिएनन् ।
२१ औं राष्ट्रिय सम्मेलनमा इतिहासमै पहिलोपटक निर्वाचनमार्फत् रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । तामाङ यसपटक अध्यक्षमा दोहोरिने छैनन् । २२ औं राष्ट्रिय सम्मेलनबाट सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने उनले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उदघाटन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया