बुद्धभुमिको आइपीओमा २१ लाखले दिए आवेदन, ९६ प्रतिशत आवेदकको हात खाली हुने

विदुर खबर २०७८ असोज १४ गते २१:१३

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।

Advertisement

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

पछिल्लाे तथ्यांकअनुसार कम्पनीको आइपीओमा आवेदन दिने २० लाख बढी आवेदक अर्थात ९६.४७  प्रतिशत आवेदकले शेयर नपाउने भएका छन्। यसमा केहि आवेदन रद्द हुन सक्नेछ भने बैंकमार्फत आवेदन गर्नेको अझै आवेदन थप हुन सक्नेछ।

Advertisement

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।

Advertisement

प्रतिक्रिया