नुवाकोटमा महत र केसीपक्षबीच टक्कर, को कहाँ विजयी
नुवाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको सबै पालिकाहरुमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भएको अधिवेशनले नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । काँग्रेसले ४ वटा स्थानीय तहहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ भने ८ वटा स्थानीय तहहरुमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेको हो।
जिल्लाको सूर्यगढी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र लिखु गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।
नुवाकोटको ६ वटा स्थानीय तहमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता अर्जुन नरसिंह केसी पक्षले विजयी हासिल गरेको छ भने अन्य ६ स्थानीय तहमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।
नुवाकोटमा सधैँ नेतृत्व हत्याउन महत र केसी पक्षको चर्काे प्रतिष्पर्धा चल्ने गरेको छ । यसपटक पनि सो दृश्य जिल्लामा रोचक रुमा देखा परेको छ ।
दुबै नेता जिल्लाको स्थानिय तहको सभापतिमा आफ्नो पक्षको नेतृत्व स्थापित गर्न लागिपरेका थिए ।
शिवपुरी गाउँपालिकाको सभापतीमा गुरुङ विजयी
नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा कविराज गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा उनले ८८ मत प्राप्त गरे ।
उनका प्रतिष्पर्धी माधव प्रसाद भेटुवालले ६५ मत पाए । त्यसैगरी उपसभापतीमा रविन डंगोल र तिलक बहादुर पण्डित विजयी भए । डंगोलले १०० र पण्डितले ६९ मत प्राप्त गरे । उपसभापतीमा प्रल्हाद थापा र ज्ञान बहादुर थापा पराजित भए । सचिवमा राजकुमार खड्का र शेर बहादुर तामाङ विजयी भए । खड्काले ७७ र तामाङले ७१ मत पाए । सचिवमा अजय पाठक र अभियान आचार्य पराजित भए ।
विदुर नगरसभापतिमा श्रेष्ठ विजयी
नेपाली कांग्रेसको विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन् ।
मतगणनामा निकटम प्रतिद्धन्दी बद्री रिमाललाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हात पारेका हुन् ।
सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरेका थिए ।उपसभापतिमा सुमन अधिकारी र भिमसेन अर्याल विजयी भएका छन् । अधिकारीले एकसय ५६ मत पाउँदा अर्यालले एकसय ३१ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा अच्युत गिरी र सुजन गजुरेल विजयी भएका छन् । गिरीले एकसय ३५ मत पाउँदा गजुरेलले एकसय ३२ मत प्राप्त गरेका थिए । यस्तै सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारेका छन् । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरेका छन् ।
ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री निर्वाचित
नेपाली कांग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा विजयी भएका छन ।
लामाले आफना निकटतम प्रतिद्धन्दी अशोक लामालाई पराजित गरि विजयी भएका हुन् । भाग्यश्रीले ८० मत प्राप्त गरेका थिए भने अशोकले ५७ पाएका छन् । विजयी भएका लामा केसी समुहका हुन् । सभापतिमा विजयी भएपछि उनले सम्पुर्ण पालिकाका नेता तथा कार्यकर्ताको भावना अनुसार काम गरेर अघि बढ्ने बताए ।
सुर्यगढी गाउँपालिकाको कांग्रेस सभापतिमा प्याकुरेल निर्विरोध
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोटमा आज भएको गाउँ र नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ ।यसैक्रममा सुर्यगढी गाउँपालिकाको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
पन्चकन्या गाउँपालिकाको सभापतिमा खनाल विजयी
पन्चकन्या गाउँपालिकाको सभापतिमा माधब खनाल विजयी भएका छन । अधिवेशनमा खनालले निकटम प्रतिद्धन्द्धी यमबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । विजयी भएका खनालले ८१ म प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी यम थापाले ६९ मत प्राप्त गरेका छन् ।
लिखु गाउँपालिकाको सभापतिमा पाठक
लिखु गाउँपालिकाको सभापतिमा विनोद पाठक निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको अधिवेशनमा अन्य कुनैपनि उम्मेदवारले सभापतिमा मनोनयन दताए नगरेपछि पाठक सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसको प्रखर वत्ताको रुपमा गाउँपालिकामा पहिचान बनाएका पाठकलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठको पहलमा सर्वसहमत रुपमा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया