नुवाकोटमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ असोज ११ गते २०:३६

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा जिल्लामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ७२ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ९ जना विदुर नगरपालिकाका रहेका छन् भने ३ जना किस्पाङ गाउँपालिकाका रहेका छन ।

त्यस्तै सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र म्यागङ गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ४५ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ हजार ३८ पुगेको छ ।

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । सक्रिय कोरोना संक्रमितमध्ये ४२ जना होम आइसोलेसनमा,१४ जना अस्पतालमा र ३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

Advertisement

नुवाकोटमा हालसम्म ४८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा २७ हजार ६ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया