सेयर बजारमा पहिरो रोकिएन, एकैदिन ७३ अंकको गिरावट

विदुर खबर २०७८ असोज ११ गते १९:२८

नुवाकोट । आइतबार ७३ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ ।

Advertisement

सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो ।

सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको छ ।

Advertisement

यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ । सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ ।

सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

Advertisement

प्रतिक्रिया