वैद्य ओलम्पियन एसोसिएसनको उपाध्यक्षमा निर्विरोध
नुवाकोट । तेक्वान्दो खेलाडी सँगिना वैद्य नेपाल ओलम्पिक कमिटीमा आबद्ध ओलम्पीयन एसोसिएसनको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।
प्रावधान अनुसार एसोसिएसनमा दुई उपाध्यक्ष मध्य एक महिला अनिवार्य रहेको छ । उपाध्यक्षमा एक मात्र महिला सँगिनाको उम्मेदवारी परेका कारण उनी निर्विरोध भएकी हुन् ।
अध्यक्ष पदमा रवि राज थापा र दीपक विष्ट उम्मेदवार छन् । अर्को एक उपाध्यक्ष पदका लागि प्रवीण तुलाधर र रघु राज वन्त उम्मेदवार छन् । महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा तथा कोशाध्यक्षमा स्नेहा राणा निर्विरोध निर्वाचित भए ।
नौ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सदस्य पदमा राजकुमारी पाण्डे, विमला राना मगर,कान्छीमाया कोजु, प्रमीला रिजाल,मुकुन्द हरि श्रेष्ठ, विष्णु बहादुर सिंह, टिकाराम श्रेष्ठ, कमल बहादुर अधिकारी,सफल राम श्रेष्ठ र रञ्जन श्रेष्ठ उम्मेदवार छन् ।१३ असोजमा हुने निर्वाचनमा ५९ जना मतदाता छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया