नुवाकोटमा सक्रिय कोरोना संक्रमित ५५ जना पुगे

विदुर खबर २०७८ असोज १० गते २१:५४

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५५ जनामा समिति भएका छन् ।

Advertisement

दैनिक रुपमा जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या घटेर ५५ जनामा पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ हजार २७ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमित सुर्यगढी गाउँपालिकाका एक पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको एन्टीजेन परिक्षण गर्दा एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ३० पुगेको छ । जिल्लामा रहेका ५५ जना सक्रिय कोरोना संक्रमितमध्ये ४३ जना आइसोलेसन वार्डमा, ९ जना अस्पतालमा र ३ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेका छन ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबट अशिहलेसम्म ४८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । जिल्लामा हालसम्म २७ हजार ५ सय ९३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया