नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

विदुर खबर २०७८ असोज १० गते २१:३१

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।

Advertisement

जिल्लाको १२ स्थानीय तहमध्ये लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका,  सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ भने अन्य स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो । 
 

लिखु गाउँपालिकामा बिनोद पाठक निर्विरोध सभापतीमा निर्वाचित भएका छन् भने दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान, किस्पाङ गाउँपालिकामा रणबहादुर तामाङ र सुर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल रहेका छन् ।

Advertisement

यस्तै, पञ्चकन्या गाउपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । निर्वाचन मार्फत माधव खनाल सहितको  प्यानल नै बिजयी भएको छ । खनालले ८१ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्धन्दि यमबहादुर थापाले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै म्यागङ गाउँपालिकाको अधिवेसनमा सिंहराज तामाङ सभापतीमा निर्बाचित भएका छ् । उनले ७१ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कमल तामाङले ३८ मत प्राप्त गरेका छन् ।

Advertisement

यता, नेपाली कांग्रेस तादी गाउपालिकाको सभापतीमा नारायणप्रसाद पाण्डे निर्वाचित भएका छन् भने ककनी गाउँपालिकामा भाग्य श्री लामा सभापतीमा निर्वाचित भएका छन् । उनले ८० मत प्राप्त गरेका थिए भने उनको प्रतिष्पर्धी सुपोल लामाले ५७ मत प्राप्त गरेका थिए । 

यस्तै शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् भने तारकेश्वर गाउँपालिकामा केशव अर्याल निर्वाचित भएका छन् ।

विशेष महत्वको साथ हेरिएको जिल्लाको २ नगरपालिका विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको पनि निर्वाचनको मत परिणाम सार्वजनि अन्तर्गत वेलकोटगढी नगरपालिकामा लेखनाथ मुडबरी निर्बाचित भएका छन् । उनले १ सय २५ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी कृष्णप्रसाद पाण्डेले १ सय मत प्राप्त गरेका छन् ।

यता, विदुर नगरपालिकाको सभापतीमा हरिलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ सय ३६ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी वद्रिप्रसाद रिमालले १ सय ३५ मत प्राप्त गरेका छन् 

प्रतिक्रिया