कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा गुरुङ विजयी

विदुर खबर २०७८ असोज १० गते १२:०४

नुवाकोट ।नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा कविराज गुरुङ विजयी भएका छन् । 

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा उनले ८८ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी माधव प्रसाद भेटुवालले ६५ मत पाए ।  

त्यसैगरी उपसभापतीमा रविन डंगोल र तिलक बहादुर पण्डित विजयी भए । डंगोलले १०० र पण्डितले ६९ मत प्राप्त गरे । उपसभापतीमा प्रल्हाद थापा र ज्ञान बहादुर थापा पराजित भए ।  सचिवमा राजकुमार खड्का र शेर बहादुर तामाङ विजयी भए । खड्काले ७७ र तामाङले ७१ मत पाए । सचिवमा अजय पाठक र अभियान आचार्य पराजित भए । स

Advertisement

ह सचिवमा रामहरी तामाङ र सन्तोष पाण्डे विजयी भए । तामाङले ८५ र पाण्डेले ८१ मत पाए । सह सचिवमा केशव राज घिमिरे र बम बहादुर रायमाझी पराजित भए । सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।  

कार्य समिति सदस्यहरुमा नवराज थापा, मुकुन्द प्रसाद भण्डारी, श्रीराम केसी, मुरारी खड्का, चक्र बहादुर तामाङ, नारायण पौडेल, मनोज डंगोल, शिवराम गुरुङ, बाबुलाल श्रेष्ठ, नवराज रिजाल, भिमसेन गुरुङ, बुद्धिमान तामाङ, सुर्य बहादुर तामाङ, राम तामाङ, झलक तामाङ, झिल्के तामाङ, मुरत कुमारी सिलवाल, शान्ता तामाङ, रामदेवी श्रेष्ठ, रेणु उप्रेती, कल्पना नेपाली, भगवती पाण्डे, सविना तामाङ, लक्ष्मी विक, उमेश गुरुङ, रुप बहादुर लामा, रामकुमार तामाङ, राम बहादुर घले, देवहरी गुरुङ, राम बहादुर तामाङ, सुधा केसी, सानुमाया सिटौला, सुर्य बहादुर थापा, नवराज गोतामे, सविना तामाङ, कमला तामाङ, साइली तामाङ, सम्झना तामाङ, सुनमाया विक, हरिकृष्ण परियार रहेका छन् ।

Advertisement

नेपाली कांग्रेस शिवपुरी गाउँपालिका कार्यसमितिका नवनिर्वाचित सभापती कविराज गुरुङले यो प्रतिष्पर्धा कांग्रेसको आन्तरिक प्रतिष्पर्धा भएकाले यसलाई जीतहारको रुपमा नलिन आग्रह गरे । आगामी दिनमा सबै जनालाई मिलाएर शिवपुरीमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता उनले जनाए । प्रतिष्पर्धी माधव प्रसाद भेटुवालले नवनिर्वाचित सभापती गुरुङलाई बधाई दिँदै कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

 कार्यसमिति अधिवेशनमा बोल्दै नेपाली कांग्रेस नुवाकोट जिल्ला उपसभापती लक्ष्मण थापा, शिवपुरी गाउँपालिकाका अध्यक्ष तथाा महासमिति सदस्य रामकृष्ण थापा, निवर्तमान कार्यसमिति संयोजक प्रेम बहादुर थापाले शिवपुरी गाउँपालिकामा कांग्रेस थप मजबुत बनाउन नयाँ कार्यसमितिलाई शुभकामना दिए । 

प्रतिक्रिया