सेटिङ गर्ने रसुवाका भन्सार प्रमुख रेग्मी तानिए

विदुर खबर २०७८ असोज ८ गते १३:२७

राजस्व अनुसन्धान विभागले भन्सार छली गरी ल्याइएका सामानसहित २ वटा ट्रक(कन्टेनर) गएको साता थानकोटमा बरामद गरेपछि रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी छानबिनमा तानिएका छन् ।

Advertisement

रेग्मी पुनः रसुवा जान नमानेपछि अर्थमन्त्रालयले अन्य उपसचिवहरुलाई पठाउन खोजेको थियो । तर कोही पनि उपसचिव तयार नभएपछि शाखा अधिकृत भरतराज अधिकारीलाई  निमित्त भन्सार प्रमुखका रुपमा बिहीबार रसुवा भन्सार कार्यालयको जिम्मेवारी दिएर खटाइएको छ ।

रसुवा भन्सार कार्यालयबाट सेटिङमा भन्सार छली गरी ल्याइएका दुई कन्टेनर सामान विभागले बरामद गरी छानबिन गरिरहेको छ । राजस्वको अनुसन्धानमा ५० लाख भन्दा बढी राजस्व चुहावट भएकाले मुद्दा नै चल्न सक्ने भएकाले नयाँ ऐन अनुसार भन्सार प्रमुख रामप्रसाद रेग्मी पनि निलम्बनमा पर्नेछन् ।

Advertisement

राजस्व अनुसन्धान विभागले ५० लाख भन्दा कम राजस्व चुहावट भएको भए सम्बन्धित आयातकर्ता ब्यापारीबाट असुलउपर गर्न निर्देशन दिनसक्छ । तर ५० लाख रुपैयाँ भन्दा बढी राजस्व चुहावट भएको देखिएमा भन्सार कार्यालयका प्रमुख नै निलम्बनमा पर्नेछन् । राजस्वले बरामद गरेका ट्रकमा ५० लाख रुपैयाँभन्दा बढी राजस्व चुहावट भएको हुनसक्ने स्रोतको दाबी छ । १ बर्षअघि तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको दबाबमा अर्थमन्त्रालयले रेग्मीलाई रसुवा भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतमा सरुवा गरेको थियो ।

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले एउटा सामान ल्याए पनि ब्यापारीसँग सेटिङ गरी अर्कै सामान ल्याएको घोषणा गरेका ट्रक राजस्वले बरामद गरेको हो । ट्रकमा पाइन्ट ल्याइएको भए पनि भन्सार कार्यालयका प्रमुख रेग्मीले ट्राउजर घोषणा गरेका थिए । पाइन्ट महंगो हुने भएकाले भन्सार महसुल बढी तिर्नुपर्छ, ट्राउजर सस्तो भएकाले कम तिर्नुपर्छ । पाइन्ट र ट्राउजरको मूल्यमा भारी अन्तर हुन्छ ।

Advertisement

भन्सार प्रमुख रेग्मीले ब्यापारीसँग सेटिङ गरी गलत घोषणा गरेकाले राजस्वले ट्रक चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ट्राउजर नभई पाइन्ट फेलापरेपछि भन्सार प्रमुख र ब्यापारीको सेटिङ पर्दाफास भएको छ । र, राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको बताएको छ । विभागका महानिर्देशक रामप्रसाद आचार्यले रसुवा भन्सारबाट आएका मालबाहक ट्रकको सामानको अनुसन्धान भइरहेको नेपालफेसलाई बताएका छन् । 

भन्सार प्रमुख फेरिए, काण्डवाला अधिकारी निमित्त प्रमुख  

रसुवा भन्सार कार्यालयको निमित्त प्रमुख बनाएर पठाइएका भरतराज अधिकारी राम्रो छवि भएका अधिकृत होइनन् ।

मेची भन्सार कार्यालयबाट २०७५ भदौमा भन्सार छली गरी आयात गरिएका २ वटा ट्रक राजस्वले बरामद गरेको थियो । उक्त ट्रकको सामानका जाँचकी थिए अधिकारी । यद्यपि भन्सारछली गरी सामान ल्याउने ब्यापारीका बिरुद्ध तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले मुद्दा नै दायर नगरी उन्मुक्ति दिएका थिए ।   विभागले मुद्दा दर्ता नगरी राजनीतिक दबाबमा ब्यापारीलाई उन्मुक्ति दिएको थियो ।

मेची भन्सारको नाकाबाट सागर घिमिरे र विवश भण्डारीले ल्याएका थिए सामान । तर उनीहरुलाई मुद्दा चलाइएन ।  ती ट्रकमा ब्रान्डेड तयारी कपडा ल्याइएको भए पनि भन्सार न्यून बिजकीकरण गरी ल्याएकाले बरामद गरिएको थियो । सामान बरामद गरिसकेपछि भन्सार अधिकृत भरत अधिकारीले जाँच गरेका थिए । तर विभागले मुद्दा दर्ता नै नगरी उन्मुक्ति दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको दबाबमा घिमिरे र भण्डारीविरुद्ध राजस्वले मुद्दा दर्ता नगरेको चर्चा भएको थियो । तिनै अधिकारीलाई अर्थमन्त्रालयले बिहीबार रसुवा भन्सारको प्रमुखमा सरुवा गरेको छ ।  

काँकडभित्ताका २ वटा सामानले ४ करोड ५० लाख राजस्व चुहावट गर्दा मुद्दा नचलाई उन्मुक्ति दिएको राजस्वले ब्रान्डेड सामानको न्यून बिजकीकरण गरेको भनेर रसुवा भन्सारबाट भित्रिएको मितेरी इन्टरनेशनलका सञ्चालकदेखि कर्मचारीविरुद्ध प्रतिव्यक्ति १५ करोडका दरले ७५ करोड रूपैयाँ बिगो दावी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन महानिर्देशक मैनालीले भन्सार अधिकृत पवित्रकुमार खड्का र नायबसुब्बा धिरजकुमार थापासहित मितेरी इन्टरनेशनलका सुमन श्रेष्ठ, रन्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका धनबहादुर तामाङ, आकाश श्रेष्ठ, निरन्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन १ मा मुद्दा दायर गरेका थिए । तर काँकडभित्ताबाट सामान आयात गर्ने ब्यापारी र भन्सार छलीमा संलग्न कर्मचारीलाई उन्मुक्ति दिएका थिए ।

अर्थमन्त्रालयले आज तिनै जाँचकी भरतराज अधिकारीलाई रसुवा भन्सारको प्रमुखको जिम्मेवारी दिएको छ । दशैंका लागि ल्याइएका सामान बोकेका ट्रक भन्सार जाँचको प्रतिक्षामा लाइन लागेका छन् । तिनै सामान छुटाउन अधिकृत भरतराज अधिकारीलाई आजै रसुवा पठाइएको छ । 

प्रतिक्रिया