कांग्रेस बेलकोटगढी नगर सभापतिमा मुडभरीको उम्मेदवारी घोषणा

नुवाकोट । नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशनको चटारो देखिएको छ ।

सोही क्रममा जिल्लाको बेलकोटगढी नगरपालिकामा सभापतिका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
गत भदौ २१ गते सबै वडामा अधिवेशन सम्पन्न भएसँगै नेता कार्यकर्ताहरु पालिका अधिवेशनका लागि तयारीमा जुटेका थिए ।
यसैक्रममा बेलकोटगढी(३ का कांग्रेस युवा नेता लेखनाथ मुडभरीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार छलफलपछि नेता मुडभरीले सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
मुडभरीको प्यानलबाट उप सभापतिमा दुर्लभबहादुर तमाङ र दुर्गा बहादुर पुडासैनी रहेका छन् । सचिवमा हर्क बहादुर तामाङ प्रेम प्रसाद लामिछाने तथा सहसचिव राजुमान लामा अर्जुन प्रसाद दाहाल लगायतले प्रतिस्पर्धा गर्दैछन् ।
सोही क्रममा बेलकोटगढी १३ का क्षेत्रीय सदस्य रहेका नेता कृष्णप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् । आगामी असोज ९ गते हुने नगर अधिवेशनमा मुडभरी र पाण्डेको प्रतिस्पर्धा हुने देखिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया