ज्ञानेन्द्रले इपीएल नखेल्ने

विदुर खबर २०७८ असोज ७ गते १८:५७

नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट नखेल्ने भएका छन् ।

Advertisement

यसअघि पूर्व कप्तान पारस खड्काले पनि ईपिएल नखेल्ने बताएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् ।

ज्ञानेन्द्रले ललितपुरका सिईओ निरज कोइरालालाई इमेलमार्फत् आफूले खेल्न नसक्ने जानकारी दिएका छन्। 

Advertisement

यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स –११ का दीपेन्द्रसिंह ऐरीले पनि ईपीएल नखेल्ने पक्का भइसकेको छ। 

पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन्।दीपेन्द्र चोटका कारण नखेलेका हुन्। 

Advertisement

ईपीएल ९ असोजदेखि २३ सम्म टियुमा हुने  । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्ने छन्। 

 ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स–११ सँग खेल्ने छ।

प्रतिक्रिया