नुवाकोट युनाइटेड फुटवल क्लबको विदाई
नुवाकोट । काठमाण्डौमा जारी सी डिभिजन छनौट खेल्न जाने नुवाकोटकाे नुवाकोट युनाइटेड फुटवल क्लबलाई विदाई गरिएको छ ।
बिहीवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगितामा सहभागी हुने फुटवल टोलीको विदाई गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला र एन्फा नुवाकोटका पदाधिकारीहरुले टोलिको विदाइ गरेका हुन् ।
विदाई कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जिल्लाको शिर उँचो पार्दै नुवाकोट युनाइटेड फुटवल क्लवले शानदार प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले खेलकुदमा शुरुवात देखि नै लगानी गरेको भन्दै उत्कृष्ट नजिता हात पारेमा क्लबलाई कुर्नैपनि सहयोग गर्न आफु तयार रहेको बताए ।
सी डिभीजन छनौट प्रतियोगितातर्फ समूह भी मा परेको नुवाकोट युनाइटेड फुटवल क्लबले काठमाण्डौका दुई क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
पहिलो खेल आगामी असोज ९ गते नुवाकोट युनाइटेड फुटबल क्लबविरुद्ध गोकर्णश्वर फुटबल क्लबवीच हुनेछ भने दोस्रो खेल नुवाकोट युनाइटेडविरुद्ध अमरसिह क्लबवीच १३ गते प्रतिष्पर्धा हुनेछ ।
दुबै खेल दिनको १२ः३० बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुने आयोजक अखिल नेपाल फुटवल संघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया