सुनको मूल्य पाँच सयले घट्यो
विदुर खबर
२०७८ असोज ७ गते १२:३८
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/03/823-1584422409gold.jpg)
नुवाकोट । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया