नुवाकोटमा भिषण वर्षा, विदुरको ब्यारेक खोल्सा जोखिममा

विदुर खबर २०७८ असोज ४ गते २०:५०

नुवाकोट । नुवाकोटमा सोमवार साँझदेखि भिषण वर्षा भएको छ ।

Advertisement

भिषण वर्षा भएसँगै विदुर र बट्टार जोड्ने मैथली ब्यारेकको खोल्सा पुन जोखिममा परेको छ ।

लगातार ठुलो पानी परेपछि ब्यारेक खोल्सामा राखिएको दुईओटा कल्र्भटले पानीको प्रेस धान्न नसक्दा पुन ब्यारेक खोल्सामा राखिएको कल्भर्ट बगाउने त्रास बढेको हो ।

Advertisement

यसअघि गत साउनमा पनि ठुलो पानी परेपछि ब्यारेक खोल्सामा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

https://www.facebook.com/bidurkhabar/videos/270389521572961

Advertisement

प्रतिक्रिया